संरक्षक परिषद्लाई निर्वाचन गर्न दिने परराष्ट्रको निर्णयलाई यी एनसिसीहरुले गरे स्वागत (विज्ञप्तिसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दिने परराष्ट्रको निर्णयको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले स्वागत गरेका छन्। गत अक्टोबर अन्तिम साता पहिलो विश्व सम्मेलन गरेका एनसीसीहरुले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्णयको स्वागत गरेका हुन्

‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाको माग बमोजिम संघको महाधिवेशन गराउने जिम्मा संघकै संरक्षक परिषदलाई दिने परराष्ट्र मन्त्रालयको निर्णयको हामी स्वागत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘गैर आवासीय नेपाली संघको १८ वर्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसकेको हुनाले वैधानिक संकटको स्थिति उत्पन्न भएको थियो’, एनसीसीहरुका तर्फबाट एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, ‘एनसीसीहरुको हालै सम्पन्न भेलाले गरेको माग बमोजिम संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित कार्यसमितिलाई दिने निर्णयको पनि हामी स्वागत गर्दछौं ।’

एनसीसीहरुले संस्थामा आइपरेको संकट समाधानका लागि हालै कार्यकाल पुरा गरेको आइसीसी, नवनिर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारहरु तथा सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्न संरक्षक परिषदलाई आग्रह गरेका छन् ।

यस्तो छ विज्ञप्ति


प्रकाशित | ७ मंसिर २०७८, मंगलवार १०:५६