हङकङमा एभरेष्ट हाइकिङको तयारी

हङकङ: हङकङमा आगामी २६ मे का दिन सगरमाथा दिवसको अवसरमा आयोजना गरिन लागिएको एभरेष्ट हाइकिङको तयारी शूरु भएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिने कार्यक्रम छ । मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगि हाइकिङ समापन गर्ने कार्यक्रम छ।

नेपाली महावाणिज्य दूतावास हङकङ वाणिज्यदूत सुजनी रानाले सगरमाथा दिवसको उद्देश्यबारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङले सगरमाथा दिवस कार्यक्रम भब्य रुपमा सफल बनाउन सबैमा सहभागिताको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा एनआरएनए मार्फत आएका सहभागीलाई प्रवेश शुल्क जनही २०० हङकङ डलर तथा ११–१८ बर्षका सहभागीहरुलाई १०० डलर शुल्क निर्धारण गरिएको छ । शुल्क बापत सहभागीलाई निःशुल्क टि सर्ट, लन्च बक्स तथा पदक प्रदान गरिने छ। कार्यक्रममा विदेशी कुटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार २१:२०