बादल पत्नी नैनकला सञ्चारमन्त्री

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्न लाग्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वादलपत्नी थापालाई सञ्चारलाई सञ्चार मन्त्री बनाउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ । एमाले स्रोतका अनुसार पूर्व माओवादी खेमाबाट दुईमन्त्री भएका छन् । नैनकला सहित ज्वालाकुमारी साह कृषिमन्त्री बन्न लाग्नु भएको छ । यस्ता छन् बन्न लागेका मन्त्रीहरु:-

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १४:१७