आज मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना: शुक्रबारबाट मौसममा सुधार आउने

काठमाण्डौ: आज काठमाण्डौसहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने सम्भावना छ । शुक्रबारदेखि भने देशभरीको मौसममा केही सुधार आउने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति काठमाण्डौमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०९:०८