नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक

काठमाडौं । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएको छ । डेनिस सरकारले खोप उलपब्ध गराउन सक्ने संकेत देखाएपछि स्वास्थ्य सेवा विभागले पत्र लेखेर एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको हो ।

पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ । नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।

डेनमार्कले खोप उपलब्ध गराउने घोषणा गरे पनि कति र कहिले भन्ने प्रष्ट नभएकाले समाचार सच्याइएको छ ।


प्रकाशित | २३ जेष्ठ २०७८, आईतवार १६:४२