‘एनआरएनए आइसिसीमा आएको विचलनलाई एनसिसीसम्म फैलन नदिऔं’

विनोद कार्की

राजनीति गर्ने मान्छेहरुलाई चित्त दुख्न सक्छ तर राजनीतिमा सभ्य मान्छेहरु नभएर नै आज हामी नेपालीहरु विदेशको भूमीमा भौतारिरहनु परेको छ । हामीले जति सुकै जे भने पनि हामी विदेशमा अवसरकै खोजीमा आएका हौ । मेरो आफ्नै कुरा गर्दा पनि बीस एकाइस वर्ष अगाडी नेपाल छोडेर अवसरको खोजीमा यहाँ आइपुगेको हुँ । त्यत्तीबेला मलाई लागेको थिएन कि म यहाँ यत्रो वर्ष विदेशमा बस्छु भन्ने । तर हिसाव गर्दै जाँदा सन् २००० मा नेपाल छाडेर सिंगापुर हुँदै यहाँ बसेको करिब २२ वर्ष हुन थालेछ । यो २२ वर्षको अन्तरालमा विदेशी भूमीमा हामीले जुन परिश्रम गरेका छौ, त्यही खालको अवसर नेपालमा पाएको भए आज हामी देशबाट टाढा हुनु पर्ने थिएन । त्यो किन त भन्दा नेपालमा २०४६ सालमा जुन बहुदलीय प्रजातन्त्र आयो त्यो बेला भर्खर-भर्खर स्कुल सकेर म पनी एउटा राजनीतीक रुपले एउटा पार्टीको भातृय संगठनमा आबद्ध थिए । त्यो बेला हामीलाई धेरै सपनाहरु देखाइन्थ्यो । अब देशलाई परिवर्तन गरिन्छ, आर्थिक क्षेत्रमा देशले सहि बाटो लिन्छ र सबै नेपालीहरुले सुविधा सम्पन्न नेपाली भएर बाच्न पाईन्छ भन्ने सपना देखाइन्थ्यो । आज ३० वर्षभन्दा बढी भइसक्यो, हाम्रो त्यो सपना  सपना मै सिमीत रह्यो तर त्यो भन्दा पनी गलत बाटोमा देशको राजनीति गइरहेको देख्दा चिन्ता लाग्छ ।

आयरल्याण्डमा एनआरएनएको नेतृत्व गरिरहँदा वा हामी कार्यसमितिमा बसिरहँदा केहि परिवर्तनहरु गर्न सकिन्छ कि भनेर पहल गरिरहेका छौ । तर यो सामाजीक सस्था अहिले कस्तो भयो तपाईहरुले समाचारहरुमा पनी हेरी राख्नु नै भएको छ । सबैजना अपडेट नै हुनुहुन्छ । तर यो विशुद्ध सामाजीक सस्थामा अहिले राजनीतीले नराम्ररी गाँजेको छ । अब एनआरएन जस्तो एउटा पवीत्र सस्थामा पनी राजनीतिक रुपमा भागवन्डाको हिसावले ३/३ जना अध्यक्ष हुने, अर्कोतर्फ छुुट्टै अध्यक्ष हुने र समिति बन्ने अवस्था आउनु दुःखद हो । यो कुराले विदेशमा बस्ने हामी पहिलो पुस्ताको मान्छेहरुलाई त केही छैन । हामी जति टाढा भएपनी नेपालसँग टाढा हुन सक्दैनौँ । तर हामीलाई एनआरएन किन चाहिन्छ भन्दा यो दोस्रो पुस्ता जस्तै मेरो पनी दुईटा बच्चाहरु छन् । हामी पछिका उनीहरु चाँही नेपालमा एकदमै टाढीदै जान्छ र त्यो देशसँग पनी टाढा हुने सम्भावनाहरु बढ्दै जान्छ । हामी सबैको त्यही अवस्था छ । त्यो हाम्रो बालबच्चाहरुलाई नेपालसँग जोड्नका लागि र चिनाइ राख्नका लागि तथा संस्कृति, भाषा र संस्कार सबै सिकाउनका लागि पनि यस्तो खालको संस्था चाहिन्छ जुन अहिलेसम्म त्यसको नेतृत्व एनआरएनएले गरिरहेको छ । तर अहिले संस्थामा विचलन आएको छ । केन्द्रमा आएको विचलनलाई हामीले हाम्रो देशसँग फैलन दिनु हुन्न । केन्द्रमा जे भए पनि हामी जुन जुन देशमा बस्छौ, हामी सबैजना मिलेर बसीरहेका छौ । संस्थाले गर्ने कतिपय मानवीय र सामाजीक कुरामा सबैजना मिलेर सहयोग पनि गरिरहेका छौ ।  सानो तिनो समस्या, दुःख पर्दा खेरी नेपालीहरुलाई एक अर्कामा सहयोग गर्ने बानी हामीसँग छ ।

विशेष गरि विदेशमा बस्ने हामीले सकेको र सिकेको कुराहरु अरुलाई सिकाउन खोज्ने हो । उहाँहरुलाई सकेको सहयोग गर्ने हो । हामी त्यत्रो ठुलो सरकार होइनौ नत हामी संग कुनै बजेट नै हुन्छ । तपाई हामी आफै दुई चार दिन काम गर्ने अनी एक दुई दिन चाँहि आफ्नो समय सामाजीक अभियानमा आफ्नो सस्थालाई दिने भनेर लाग्ने हो । संस्थामा लाग्न त्यती सजिलो छैन । बाहिर देख्दा हामी अतिथि भएर हिडिरहेका हुन्छौ । हाम्रो पनी आफ्नो परीवार छ, त्यो परिवारलाई संगै चलाउनु पर्ने र केही समय आफ्नो परिवार, ब्यवसायलाई दिनुपर्छ । त्यसैले संस्थामा के के न हुन्छ भन्ने पनि छैन, यसको एउटै उद्देश्य भनेको हाम्रो दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र नेपाली सस्कारलाई जोगाइराख्ने भन्ने  हो । त्यसका लागि एनआरएन अभियान चाहिएकाले त्यसै अनुसार अगाडि बढ्नुपर्ने खाँचो छ । त्यसैले केन्द्रमा आएको विचलनबाट पाठ सिक्दै तपाई हामी सबै एकजुट र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ । धन्यवाद ।

कार्की गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष हुनुहुन्छ ।


प्रकाशित | ६ बैशाख २०७९, मंगलवार १२:१६