दर्बाङ कालिका हाइड्रो प्रोजेक्ट लगानी अभियान युरोपबाट थालनी

दर्बाङ कालिका हाइड्रो प्रोजेक्टको सेमिनारको लागि अहिले प्रोजेक्ट टोलि युरोप भ्रमणमा छन्। यसै सिलसिलामा Farnborough Hampshire Londan बेलायतमा सेमिनार सम्पन्न गरेका छन्। उक्त सेमिनारमा उल्लेखनीय रुपमा नेपालीहरुको सहभागीता रहेको थियो ।हाइड्रो प्रोजेक्ट २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको जानकारी दिइएको थियो। स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासी लगायतलाई गैर म्याग्दीबासीको पनि लगानी गर्न सकिने दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी गराउनुभयो ।

म्याग्दीमा उक्त आयोजना सम्पन्न भए लगत्तै म्याग्दीबासीको जिवनस्तरमा सुधारको साथसाथै समृद्ध देश बिकासमा नौलो आयम थपिने उहाँको भनाइ छ । तसर्थ प्रवासमा रहेर पनि देश , जिल्ला बिकाश निर्माणका लागि हातेमालो गरि ढुक्क भएर लागानी गर्नको निमित्त सबै लण्डनबासी नेपालीलाई अपिल गरिएका छ । प्रवासमा सिकेको “अनुभव ,सीप र पुजी “लाई सदुपयोग गर्नका लागी मोना युके , एनआरएन बेलायत लगायत विश्वभरीका गैर आवासीय  नेपालीहरुबाट सामुहिक लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको सम्पुर्ण प्रक्रिया पुरा भैसकेको छ ,आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता जनाएका छन्,उहाँले भन्नुभयो । यसैगरी हाइड्रोपावरको जानकारी ,उद्देश्य र फाइदाको बारेमा बेल्जियम , २६ तारिख कतार , हङकङ ,जापान , अष्ट्रेलिया लगायत एसिया प्यासोफिक अन्य देशहरुमा पनि सेमिनार गरिने भएको छ।

उक्त सेमिनारमा मोना युके का अध्यक्ष दल जुग्जाली , एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, एनआरएनए युकेका पुर्बअध्यक्ष योगेन छेत्री , मोना आईसिसिका सस्थापक अध्यक्ष प्रकाश पुन लगायत मोना युकेका पुर्ब अध्यक्ष र पदाधिकारी साथै युकेबासि नेपालीको उपस्थित रहेको थियो ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार २०:०१