आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनीक गर्नु भएको हो ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो। चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ आकारको बजेट थियो ।

सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब ६१ करोड बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब २६ करोड बिनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ । यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । ३ खर्ब ९ अर्ब २९ करोड विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने उल्लेख गरेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १९:०४