एनआरएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे २७-२८ मा क्यानडामा हुने

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सम्मेलन आगामी मे २७ र २८ तारिखमा क्यानडामा हुने भएको छ । विनोद कुँवर नेतृत्वको एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिको आयोजनामा क्यानडामा क्षेत्रीय सम्मेलन हुन लागेको हो । आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै तयारी तीब्र पारिएको जनाएको छ ।

नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा गैरआवासीय नेपाली संघको भुमिका भन्ने मूल बिषयबस्तु अन्तर्गत गैर आवासीय नेपालीहरुको हित र सरोकारहरुसंग सम्बन्धित अन्य महत्वपुर्ण सवालहरुमा छलफल गर्दै हामी गैरआवासीय नेपाली, समग्र नेपालको बिकास र सामाजिक सम्बृद्धिमा उनीहरुको योगदानलाई प्रबर्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उद्देश्य रहेको क्षेत्रीय संयोजक कृष्ण पोखरेलले बताउनुभयो ।

संयोजक पोखरेलका अनुसार सम्मेलनमा गैरआवासीय नेपाली संघ सम्बन्धित अन्तराष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरुका बर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्य र सल्लाहाकारहरु तथा गैरआवासीय नेपालीहरुको अभियानसग आबद्ध हुनु भएका बिभिन्न पेशाकर्मीहरु, व्यवसायीहरु, बिषय बिज्ञहरु तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ।

सम्मेलनले सहभागीहरुलाई आफना अनुभव, बिचार तथा पहलहरुलाई राख्ने साझा मञ्च प्रदान गर्दै नेपाल र गैरआवासीय नेपालीहरु बिचको सामाजिक, आर्थिक तथा सास्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा राखिएको जनाइएको छ ।

नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइडोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैरआवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रबिधिको हस्तान्तरण, गैरआवासीय नेपालीहरुको लागि बंसजका आधारमा नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व, गैरआवासीय नेपाली संघको संगठनात्मक बिकास र आगामी रणनीती तथा समतामूल र सामाजिकन्यायपुर्ण समाजका लागि गैरआवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका लगायत सवालहरुमा अर्थपुर्ण छलफल र बहसमा सम्मेलन केन्द्रित हुने पनि जानकारी गराउदछौ, पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

गैर आवासीय नेपाली संघको पछिल्लो सन्दर्भमा यस सम्मेलनले विश्व भरी स्थापित र कार्यरत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारी रुपमा कार्य गर्नका लागि मार्ग दर्शन तथा कार्य दिशा प्रदान गर्नेछ तथा विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाध्न महत्वपूर्ण सन्देशमा प्रवाह गर्ने विश्वास लिएको र कार्यकममा करीब ४० देशहरुबाट सहभागीता रहने बताइएको छ ।


प्रकाशित | ११ बैशाख २०८०, सोमबार १०:३३