झलनाथ र माधवसहित ११ सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई निष्काशन गरेको हो ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार १८:५३