नेकपा दोलखा अध्यक्षमा ईश्वरचन्द्र पोखरेल र सचिवमा गोपाल पाण्डे चयन

काठमाडौं : नेकपा दोलखाको अध्यक्षमा ईश्वर पोखरेल र सचिवमा गोपाल पाण्डे चयन हुनुभएको छ । दोलखामा पूर्व एमालेलाई अध्यक्ष र पूर्व माओवादीलाई सचिवको जिम्मेवारी परेको हो । सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन गरिएको हो ।पार्टी एकता भएको लामो समयपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको हो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १५:५७