संस्थामा आर्थिक पारदर्शिता र शुशासन कायम गर्नका लागि मेरो उम्मेदवारी : विकल ढकाल (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र बनाइरहेका छन् । उम्मेदवारहरुले आफना विभिन्न एजेन्डासहित चुनावी अभियान सञ्चालन गरिरहेका छन् । त्यसै सिलसिलामा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा सह-कोषाध्यक्षका उम्मेदवार विकल ढकालसँग हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ, सहकोषाध्यक्षका उम्मेदवार ढकालसँग गरिएको कुराकानीको सम्पादीत अंश ‘-

गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनको लागि यहाँको सहकोषाध्यक्षमै उम्मेदवारी किन ?

मैले जहिल्यै पनि सुशासन र पारदर्शितामा जोड दिने गरेको छु । यहि कुरालाई मान्यता दिएर हिड्दा जीवन सफल बन्दै गएको छ । अहिले एनआरएनए संस्था ठूलो हुँदैं गएको छ । संस्थाको पुँजी पनि वृद्धि भइरहेको छ । पहिलाको तुलनामा हाल संस्थाको दायित्व ठूलो बनेको छ । जिम्मेवारी ठूलो बनेको छ । खातामा अतिरित्त पैसा आइरहेको छ । थोरै पैसाको हिसाव देखाउनु र धेरै पैसाको हिसाव देखाउनुमा फरक पर्छ । पारदर्शिता चै संस्थामा हुनु पर्यो । अहिलेसम्म एनआरएन नेपाली सिस्टम चलिरहेको छ । भन्नलाई एनआरएनए अमेरिका भनिन्छ तर भित्रभित्रै सिस्टम चै हल्का नेपाली छ । मेरो चै विचार के हो भने एनआरएनएको आर्थिक पाटो सिस्टममा चलोस् । ताकी जो कोही पोस्टमा आएका व्यक्तिहरुलाई सिस्टम बुझ्न सजिलो होस् । सिस्टममा सहजै चल्न सकियोस् । संस्थालाई शुशासन र आर्थिक पारदर्शिता र सिस्टममा अगाडि बढाउनका लागि नै मेरो उम्मेदवारी हो ।

अहिले एनआरएनए संस्था ठूलो हुँदैं गएको छ । संस्थाको पुँजी पनि वृद्धि भइरहेको छ । पहिलाको तुलनामा हाल संस्थाको दायित्व ठूलो बनेको छ । जिम्मेवारी ठूलो बनेको छ । खातामा अतिरित्त पैसा आइरहेको छ । थोरै पैसाको हिसाव देखाउनु र धेरै पैसाको हिसाव देखाउनुमा फरक पर्छ । त्यसैले यतिखेर पारदर्शिताको आवश्यकता देखेर अगाडि बढेको छु ।

संस्थाको आर्थिक पाटोलाई सुधार्नको लागि यहाँको व्यवसायीक अनुभव पनि छ कि ?

व्यवसायीक रुपमा म संग ग्याँस स्टेशन, होटल, रिटेल सेन्टर लगायत छन् । मेरो व्यवसायमा पनि मलाई शुशासन र पारदर्शिता नै चाहिन्छ । यहि कुरालाई केन्द«विन्दु बनाएर अघि बढ्दा मैले कुनै पनि व्यवसायमा घाटा ब्यर्होनु परेको छैन । यही अनुभवलाई सस्थामा उपयोग गर्ने मेरो सोच छ ।

एनआरएनए बाहेक अन्य सामाजिक संघ–संस्थाहरुमा यस अघिका यहाँका अनुभवहरु के कस्ता छन् ?

यस अघि म युएसको सबसे ठूलो मन्दिर मध्ये ड्यालस टेक्ससमा रहेको मन्दिर निमार्णमा भाइस प्रेसिडेन्ट अफ फाइनान्स भएर काम गरेको थिए । अर्को हाम्रो लोकल संस्था छ एन.यस.टी नेप्लीज सोसाइटी टेक्सस भन्ने । त्यसमा पनि हामीले विभिन्न सामाजिक कार्यहरु गरेका छौ । नेपालमा समस्या परेको बेला फण्ड कलेक्ट गर्ने लगायतका अन्य कामहरु पनि गरेका छौं । सो समयमा हामीले नेपालमा १३ वटा विद्यालय बनायौ, हस्पीटलहरुको लागि पनि काम गर्यौ । यस्तै यस्तै सामाजिक क्षेत्रका लागि विभिन्न कार्यहरु गरेका छौं ।

सह–कोषध्यक्षमा अन्य उम्मेदवार पनि हुनुहुन्छ, यहाँलाई नै चै किन चुन्ने ?

म संग पाोलटिक्स् ब्याकराउण्ड छैन । म कुनै पनि पार्टीको छाप हानेर हिडेको छैन । मैले युएसमा नै फाइनान्समा डबल मास्टर्स गरे । मैले आफुले आफुलाई हेर्दा युएसमा १५ वर्ष बिताएकोमा त्यहाँबाट धेरै नै कुरा सिके । मान्छेहरु कोही आफ्नो स्वार्थले आउँछन् । म चै निस्वार्थले आएको छु । पेशाले म व्यापारी हो, जहाँ लगानी गर्छु त्यहाँबाट फाइदा लिने मेरो बानी छ । तर यो चोटी भने एनआरएनमा लगानी गरिरहेको छु । यो चोटीको फाइदा चै एनआरएनए र विदेशिएका सबै नेपालीहरुको लागि छोडेर जानेछु ।

मैले भोट माग्नु भन्दा पनि सबैजनाको योग्यता, उपलब्धी, शिक्षा साथै उसले साच्चिकै संस्थालाई केही दिन सक्छ की सक्दैन  भन्ने कुरा मूल्यांकन गर्नु आवश्यक हुन्छ ।

एनसीसी युएसएलाई अगाडि बढाउन यहाँका के कस्ता एजेन्डाहरु छन् ?

म एजेण्डामा काम गर्दिन । के मात्रै उदेश्य हो भने संस्थामा फाइनान्सीयल ट्रान्सपरेन्सी र फाइनान्सीयल म्यानेजमेन्ट हुनुपर्छ भन्ने मात्रै हो । जुन अहिले एनआरएनएमा अलि कमजोर छ । त्यही कुरालाई बलियो बनाउने मेरो चाहना हो । अध्यक्षको फरक एजेण्डा होला, वरिष्ठ उपाध्यक्षको फरक होला । मेरो एजेण्डा भनेको उहाँहरुको एजेन्डामा बसेर काम गर्ने र आर्थिक पाटोलाई चुस्त दुरुस्त बनाउने नै हो । यो पारदर्शिता म एनआरएनएमा ल्याएरै छोड्छु ।

अन्तमा अमेरिकाबासी नेपालीहरुलाई के अपिल गर्न चाहानुहुन्छ ?

यहाँ बिसौं हजार मेम्बर छन् अहिले भोट गर्नका लागि । म मेरो मेम्बरहरुलाई के आग्रह गर्न चाहान्छु भने मेरो पोस्टमा अन्य उम्मेदवार पनि उठ्नु भएको छ । मैले भोट माग्नु भन्दा पनि सबैजनाको योग्यता, उपलब्धी, शिक्षा साथै उसले साच्चिकै संस्थालाई केही दिन सक्छ की सक्दैन  भन्ने कुरा मूल्यांकन गर्नु आवश्यक हुन्छ । तर कतिपय अवस्थामा राजनीतिक छाप परे जस्तो पनि देखिन्छ । म चै कुनै राजनीतिक पार्टीसँग आबद्ध छैन । राजनीति गरेर नै अघि बढ्ने हो भने त्यही अनुसार अघि बढ्नुुुस् । आफ्नो र सन्तानका लागि संस्था हो भन्ने लाग्छ भने राम्ररी सोच विचार गरेर मात्र अघि बढ्नुहोस् भन्न चाहान्छु ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार १८:२६