तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ ।

 

 


प्रकाशित | १६ माघ २०७८, आईतवार १५:०१