३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी गर्न विदेशी तयार

काठमाडौ : सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेको जनाएको छ । विभिन्न देशका लगानीकर्ताले २५ अर्ब रुपैयाँ नेपालमा लगानीगर्न चासो देखाएका हुन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीका अनुसार आवेदन दिएका मध्येलाई परियोजनामा लगानी गर्न कसरी दिने भनेर भ्यालुएसन गरिनेछ ।

अधिकारीका अनुसार निजगढ विमानस्थल निर्माणका लागि नै ६ वटा आवेदन परेका छन् । परेका आवेदनलाई भ्यालुएसन गरेर बाँकी काम अघि बढाइनेछ ।  लगानी सम्मेलनमा ७७ योजना प्रस्तुत गरिएका थिए । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको बोर्डले जनाएको छ । चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १०:१७