कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत

काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जनाएको हो ।

प्राप्त मतअनुसार खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाउनु भएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना शेर बहादुर देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो । गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिसकेको छ । खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए ।


प्रकाशित | ४ पुष २०७८, आईतवार १९:२८