विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन आग्रह

विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।
सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १२:४१