महानगरको स्वास्थ्य सेवाका ४० पदमा १,२९४ र श्रेणीबिहीन ४ पदका लागि २४४ को दरखास्त

काठमाडौं: महानगरले स्वास्थ्य सेवा र श्रेणीबिहीन पदमा माग गरेको आवेदनमाअत्याधिक दरखास्त परेको छ । महानगरको स्वास्थ्य सेवामा काम गर्न ४० पदमा माग गरिएपनि एक हजार २ सय ९४ जना उम्मेद्वारको दरखास्त परेको छ । यस्तै, श्रेणीबिहीन ४ पदका लागि २४४ जनाले आवेदन पेश गरेका छन् ।

परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवातर्फ ४ पदमा करार सेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आर्थिक बर्ष २०७५र०७६ को १ नं। बिज्ञापनका रुपमा सातौं तहका १० जना मेडिकल अधिकृत माग गरिएको छ । त्यस्तै सहायक स्तर पाँचौंका हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०र१० जना कर्मचारी माग गरिएको छ ।

श्रेणीबिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको छ ।लिखित र अन्तरवार्ताबाट परीक्षा लिइने यस प्रतिस्पर्धामा सातौं तहको मेडिकल अधिकृतमा १९ जनाको दरखास्त परेको छ ।

सहायक स्तर पाँचौं तहका ३ पदहरु हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव टेक्निसियनमा क्रमश ३०८, ५७८ र ३८९ जनाको दरखास्त परेको छ । त्यस्तै श्रेणीबिहिन कार्यालय सहयोगीमा २४४ जनाको दरखास्त परेको छ ।

अधिकृत स्तर सातौंका लागि एमबीबीएस वा सोसरहको उपाधि शैक्षिक योग्यता भएका प्रतिस्पर्धीको दरखास्त लिइएको छ भने हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र स्टाफ नर्सका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा, ल्याब टेक्निसियन र स्टाफ नर्स बिषयमा प्रमाण पत्र तहसरहको योग्यता तोकिएको छ ।

यी पदहरुका लागि सम्बन्धित काउन्सिलको प्रमाण पत्रलाई अनिवार्य गरिएको छ । कार्यालय सहयोगीको शैक्षिक योग्यता आठ कक्षा उत्तीर्ण हो ।


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार १२:५९