मिङ्मा शेर्पाले राखे सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, ६ घण्टा १ मिनेटमा सफल आरोहण

काठमाडौं: पर्वतारोही मिङ्मा दोर्ची शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमा नयाँ कीर्तिमान कायम राख्नुभएको छ । मिङ्माले सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राख्न्नुभएको हो । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो।  उहाँले सबैभन्दा कम समय ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको ट्रेकिङ एजेन्सी पायोनियर एड्भेन्चरले जानकारी दिएको छ ।

पायोनियर एडभेन्चरका अनुसार शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

३२ वर्षीय शेर्पाले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसक्नुभएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १४:१५