‘कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल’

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकतावद्ध भएर अघि बढे आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै महामन्त्री डा. कोइरालाले पार्टी एक ठिक्क भएर अगाडि बढे ठूलो दल बन्न कुनै समस्या नरहेको बताउनुभयो ।

उहाँले कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिर्दै भन्नुभयो, ‘हामीभित्रको तिक्ततालाई भुल्नुपर्दछ। कांग्रेसले विपीले देखाएको बाटो भुल्नु हुँदैन। हामी आगामी निर्वाचनमा मुलुकको पहिलो ठूल दल बन्छौ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बे, जिल्ला सभापति दुर्लभ थापालगायतले कांग्रेसले विगतबाट पाठ सिकेर आगामी दिनमा अगाडि बढ्नपर्ने धारणा राख्नुभएको थियो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १५:५७