नेकपाले ७७ ओटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगायो : नाम सोमबार कार्यक्रम गरेर सार्वजनिक

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । लामो गृहकार्यपछि नेकपाले सो निर्णय लिएको हो । आइतबार साझ बसेको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ। पोलिट्ब्यूरो सदस्यको टुंगो भने अर्को बैठकले लगाउने पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले बतााउनुभयो । केन्द्रीय सदस्यको एक तिहाइ पोलिट्ब्युरो सदस्य रहने पनि उहाँले बताउनुभयो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार २०:२६