एनआरएनए अमेरिका घटनालाई लिएर गम्भिर आरोप–प्रत्यारोप, अन्य एनसिसीहरुमा पनि लहरो तानीदैं (भिडियो रिपोर्ट)

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभाको क्रममा भएको घटनाले यतिखेर विश्वभरका गैर आवासीय नेपालीहरु तंरगीत बनेका छन् । नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउने विषयलाई लिएर भएको झगडाको भिडियोले समेत यतिबेला सामाजिक सञ्जाल तातेको छ । घटनापश्चात दुवै पक्ष एक आपसमा दोषारोपण गर्दै खरो रुपमा उत्रीएका छन् । अरु त अरु विभिन्न पक्षबाट समेत एकतर्फी सूचना सम्प्रेषण हुँदा गैर आवासीय नेपालीहरु वास्तावीक घटना के हो भन्ने बारे अझै पनि अन्यौलमा छन् । आफूलाई दोषबाट उम्कन र चोखिन दुवै पक्ष भरमग्दूर प्रयासरत छन् ।

उद्घाटन सत्र नसकिदै सपथ ग्रहण गराउन खोजेपछि असामान्य अवस्था आएको निवर्तमान अध्यक्ष सुनील साह बताउनु हुन्छ । कन्भेनर बीआर लामा ले धन्यवाद ज्ञापन गर्दागदै नव निर्वाचित कमिटीलाई शपथ ग्रहणका लागि मञ्चमा आमन्त्रण गरेपछि आफूले रोक्न खोजेको र रोक्ने क्रममा मञ्चमा हुलहुज्जत भएको उहाँ बताउनु हुन्छ । उता डा केशव पौडेल समूहले आइसिसी उपाध्यक्ष डा. बद्री केसी, सचिव गौरी राज जोशीसहितको योजनामा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गर्न नदिन षड्यन्त्र भएपछि विवाद भएको दावी गरेको छ ।

कन्भेनर लामा आफूले सपथ ग्रहण गर्ने कार्यक्रम सफल बनाएर संस्थामा वैधानीक संकट आउँन नदिएको दावी गर्नुहुन्छ । उता जोशी समूह आफूहरुलाई बदनाम गर्न सुनियोजीत रुपमा सो घटना घटाइएको र भिडियो भाइरल बनाउने काम भएको दावी गर्छ ।

यस पटकको निर्वाचनमा एनआरएनए अमेरिकामा त्रिपक्षीय भिडन्त भएको थियो । चुनावी नतिजा डां पौडेल समूहबाट बुद्धीसागर सुवेदी नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित बनेको थियो । तथापी त्यसमा धेरै असन्तुष्टिका छिटाहरु छरपष्ट थिए । फलस्वप २५ प्रतिशत डेलिगेटको विवाद उत्पन्न भयो । अन्तत आइसिसीले तत्काल डेलिगेटको निर्वाचन रोक्न निर्देशन दियो र निर्वाचन रोकियो । सोही तुष साधारणसभामा गएर पोखियो ।

सो घटनाले संस्थाको गरिमा र साखमाथि गम्भिर प्रश्न चिन्ह्र खडा गरेको छ । साधारणसभाको क्रममा हुलहुज्जत र हात हालाहालसम्मको अवस्था आउनु सामान्य विषय पक्कै होइन । सबैैभन्दा पहिला निर्वाचन सम्पन्न गरेको अमेरिकाबाटै यस्तो हर्कत देखिएपछि अन्य एनसिसीहरुमा पनि यसको लहरो तानीसकेको छ । 

त्यस्तैगरि, विवादको अर्को कारण पराजीत समूहको निर्वाचन आयोगप्रतीको असन्तुष्टि पनि हो । निर्वाचन आयोगले एकतर्फी डेलीगेटको निर्वाचन घोषणा गरेपछि पराजीत समूह रुष्ट बनेको थियो । मिलेसम्म जोशी समूहबाट पराजित कृष्ण लामिछाने र अध्यक्ष शाह निर्वाचन आयोगप्रति अविश्वासको प्रस्ताव लग्ने तयारीमा थिए । सो कुराको पूर्व जानकारी पाएपछि पौडेल समूह जतिसक्दो चाँडो सपथग्रहण गराउने पक्षमा थियो । साथै साह र कन्भेनर बिआर लामाबीच असम्झदारी तथा वैमनस्य हुन जस्ता कारणले पनि विवादलाई मलजल गरेको देखियो ।

अर्को कारण, एनआरएनएका अर्का उपाध्यक्ष डा. बद्री केसी कार्यक्रममा विशेष अतिथिका रुपमा भन्दा आगामी अध्यक्षको लागि मतदातालाई प्रभावित पार्न आएको भन्दै डा. पौडेल समूह आक्रोशित थियो । डा. केसीले अमेरिकामै पुगेर आफू भावी अध्यक्षको लागि तयारी गरिरहेको र सोही सिलसिलामा अमेरिकामा आएको बताएसँगै डा. पौडेल समूहले डा केसीको यो कार्य पटक्कै मन पराएको थिएन । साथै आइसिसी उपाध्यक्ष सोनाम लामा पनि एनसिसीको चुनाव नसकिदै आइसिसीको चुनावको प्रचार गर्न खोज्नु र मतदातालाई आफू अनुकुल पार्न खोज्नु संस्थाको हितविपरीत भएको भन्दै डा केसीको कार्यशैलीप्रति असन्तुष्ट हुनुहुन्थ्यो । त्यसो त केसीले अध्यक्षमा उम्मेदवारी दिए आफू पनि अध्यक्षमै चुनाव लड्ने उहाँको तयारी थियो । केसीले साधारणसभाको नाममा चुनावी अभियान सञ्चालन गर्दै चुनौति दिन खोजेको र एक पक्षलाई उचालेर झगडा गर्न लगाएको तथा डेलिगेटको विषयमा धम्कीपूर्ण अभिब्यक्ति दिएको भन्दै लामा पक्षधर पनि आक्रोशित बनेको थियो ।

त्यस्तै, संस्थाको वार्षिक साधारणसभाको उद्घाट सत्र समापन नै हुन नपाइ बीचमै कार्यक्रम समापन भएपछि साधारणसभामा प्रस्तुत आर्थिक र सांगठीत प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव के हुने भन्ने बारे अन्यौलता छाएको छ । तर साह र लामिछाने समूहले सबै प्रस्ताव पारित भएको दावी गरेको छ भने पौडेल समूह त्यस्तो प्रस्तावको वैधानीक हैसियत नभएको तर्क गर्छ ।

पञ्जीकृत सदस्यताको आधारमा सबैभन्दा ठूलो राष्टिय समन्वय परिषद् रहेको एनआरएनए अमेरिकामा भएको सो घटनाले आम गैर आवासीय नेपालीहरुको शीर निहुरिएको छ । घटनाको उत्पत्ति जुन रुपमा भए पनि यसको विरोध चौतर्फी भईरहेको छ ।

सो घटनाले संस्थाको गरिमा र साखमाथि गम्भिर प्रश्न चिन्ह्र खडा गरेको छ । साधारणसभाको क्रममा हुलहुज्जत र हात हालाहालसम्मको अवस्था आउनु सामान्य विषय पक्कै होइन । सबैैभन्दा पहिला निर्वाचन सम्पन्न गरेको अमेरिकाबाटै यस्तो हर्कत देखिएपछि अन्य एनसिसीहरुमा पनि यसको लहरो तानीसकेको छ । जसले गर्दा समग्र गैर आवासीय नेपाली संघ नै विवादीत हुने देखिन्छ । आगामी अक्टोबरमा हुन गइरहेको आइसीसीको चुनावलाई नै हल्लाउने गरि भएको घटनाले अब कस्तो मोड लेला भन्ने चिन्ताको विषय बनेको छ ।

विषय जे होस् अनि मत मतान्तर पनि जस्तो होस्, समग्र विदेशमा रहेका गैर आवासीय नेपालीहरुको साझा संस्थामा भएको यस्तो विवादले गैर आवासीय नेपालीहरुको मुद्दालाई सम्बोधन गर्ला ? आफै भित्र गुट उपगुटमा विभाजीत हुँदा गैर आवासीय नेपालीहरुको वास्तावीक मुद्दा ओझेलमा नै पर्यो कि ?


प्रकाशित | २५ असार २०७८, शुक्रबार ०९:५६