रुपन्देही सामुहिक हत्याकाण्ड अपडेट: १ जना पक्राउ, मृतकको परिचय खुल्यो

रुपन्देही : रुपन्देही तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने ब्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । प्रहरीले हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरु हुन । दुई जना भने स्थानीय हुन । घटनामा मृत्यु भएका ३७ वर्षीया जानकी मुसहर र ४० वर्षीय माधव मुसहर श्रीमान श्रीमती रहेको खुलेको हो । त्यस्तै, १७ वर्षका करण चौधरी, १७ वर्षकै आशिष चौधरी र १४ वर्षीय पोषराज मुसहरको पनि हत्या भएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका थिए । सिंजालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार ०९:४३