गाउँपालिका अध्यक्षको निधन

काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा आज निधन भएको हो । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त चौधरीको निधन भएको हो । शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । चौधरी राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १५:२८