प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत नेकपाको केन्द्रीय सदस्यमा चयन

काठमाडौं । प्रेस संगठन नेपालका सह-संयोजक तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत नेकपाको केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । लामो समयदेखि पत्रकारितासँगै राजनीतिमा क्रियाशील बस्नेत नेकपा अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ ।

राजधानी दैनीक, सौर्य दैनीकको सम्पादक हुँदै हाल जनता टाइम्स डटकमको सञ्चालक/प्रधानसम्पादक समेत रहनु भएको बस्नेत ओली पक्षको निकै सशक्त पत्रकारको रुपमा परिचित हुनुहुन्छ ।

पत्रकारिताको माध्यमबाट विशेष गरि ओली टिमलाई सहयोग गर्दै गलत प्रचार र भ्रमलाई चिर्ने कार्यमा सक्रिय दोलखा जिल्लाका बस्नेत पत्रकारहरुको हक हितको सवालमा पनि त्यत्तीकै क्रियाशील रहँदै आउनुभएको छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १९:४५