एनआरएनए टेक्ससबाट विजयी जोशी, पोखरेल र कार्की सम्मानित

टेक्सस : गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलनबाट नयाँ कार्यसमितिमा टेक्ससबाट विजयी तीन जनालाई सम्मान गरिएको छ । नेपाल जनसम्पर्क समिति ड्यालस फोटवर्थ च्याप्टरले युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजना गरेको वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा एनआरएनए सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रको उपसंयोजक राम सि पोखरेल र अमेरिकाज क्षेत्रको महिला संयोजक उमा कार्कीलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा नेपाल जनसम्पर्क समितिका पुर्व अध्यक्ष हरिबोल भण्डारीले खादा लगाएर सम्मान गर्नुभएको थियो । तीन जना टेक्ससबाट प्रतिनिधित्व गदै एनआरएनएको विश्वसम्मेलनबाट विजय हुनुभएको थियो ।
क्जबचभ तजष्कस्


प्रकाशित | १ मंसिर २०७६, आईतवार १३:५६