उकालो लाग्यो शेयर बजार : साताको पहिलो दिन ५४ करोड ३९ लाखको कारोबार

काठमाडौं : आइतबार ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको कारोबार भएको छ । एनआईसी एसियाको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको हो । एनआईसी एसियाको गत मार्च २८ अर्थात चैत १४ गतेदेखि सेयर मूल्य उकालो लागेको छ ।

एनएमबी बैङ्कको प्रतिकित्ता ३४९ रुपैयाँमा ३ करोड ३१ लाख ७४ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । सेयर बजार बढ्दा जलविद्युत, निर्जीवन बिमा, उत्पादनमूलक र लघुवित्तको सेयर मूल्य घटेको छ । बैङ्किङ, होटल, विकास बैङ्क, वित्त र जीवन बिमाको सेयर मूल्य बढेको छ । एनआईसी एसियाका लगानीकर्ताले एकै दिन २८ रुपैयाँ कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४० र कुमारी बैङ्कका लगानीकर्ताले १२ रुपैयाँ कमाएका छन् ।

आइतबार सेयर बजार १७ अङ्क बढेर नेप्से परिसूचक १ हजार १८२ अङ्कमा पुगेको हो । साताको पहिलो दिन आज एक साताको अवधिमा बजार झन्डै ४० अङ्क बढेको छ । अघिल्लो साता आइतबार नेप्से परिसूचक १ हजार १४३ अङ्कमा थियो । गत साताको अन्तिम दिन सेयर बजार ०।६५ अङ्क घटेको थियो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १६:२३