पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न आवश्यक: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को पाँचौं सभालाई शनिबार समापन गर्दै भन्नुभयो, ‘जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।’

उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन÷प्रसारण गर्न पनि जोड दिनुभयो । नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँुदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा बताउनुभयो ।


प्रकाशित | २७ मंसिर २०७७, शनिबार १९:५२