माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताउनु भयो ।

अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा रहनु भएको छ । तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादी केन्द्रले सरकारबाट समर्थन भने फिर्ता लिएको छैन ।


प्रकाशित | ५ बैशाख २०७८, आईतवार १६:४६