कलाकार गायत्री थापालाई जनसेवा श्री सम्मान

काठमाडौं: कलाकार गायत्री थापा जनसेवा श्री सम्मानबाट विभूषित हुनुभएको छ । नयाँ वर्षका अवसरमा शीतल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई जनसेवा श्री सम्मानबाट विभूषित गर्नुभएको हो । गायीका थापाले ३ सय ५० भन्दा बढी गीत गाइसक्नु भएको छ । गुल्मीमा जन्मनु भएको थापाले लोक, आधुनिक, भजनलगायतका गीतको लेखन, संकलन र स्वर दिनइसक्नु भएको छ । राष्ट्रपतिबाट विभूषित भएलगत्तै थापाले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो यात्रामा साथ दिने सम्पूर्णप्रति आभार प्रकट गर्नुभएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १३:१४