नेपालमा थप १ हजार ४४७ जना डिस्चार्ज, १ हजार २०४ जनामा संक्रमण

काठमाडौं : नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन् । हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।

आज थप १ हजार ४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र ३५जनाको भेन्टिलेटर उपचार भइराखेको छ। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।


प्रकाशित | ३ आश्विन २०७७, शनिबार १७:१०