कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन : मन्त्री ज्ञवाली

रुपन्देही : सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन र्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ ।

बुटवलमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको बताउनुभएको हो । मन्त्री ज्ञवालीले सरकार भने कुलमानको विषयमा सकारात्मक रहेको पनि बताउनुभयो ।

‘लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उहाँको मात्रै एक्लो प्रयासले होइन सरकारको लगानी र टिम भावनाको परिणाम हो’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

उहाँले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने समेत बताउनुभयो ।


प्रकाशित | २ आश्विन २०७७, शुक्रबार २०:०८