महन्थ ठाकुर पक्षका १३ सांसद भक्तपुरको रिसोर्टमा

भक्तपुर । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका १३ सांसदलाई भक्तपुरको एक रिसोर्टमा राख्नुभएको छ । स्रोतका अनुसार ठाकुरले पार्टी कार्यालय बबरमहलबाट १३ सांसदरलाई भक्तपुरको एक रिसोर्टमा ल्याउनुभएको हो ।

ठाकूर पक्षका १७ सांसदमध्ये १३ जना रिसोर्टमा आइपुगेको जनाइएको छ । रिर्सोटमा सांसदहरुको नेतृत्व नेता राजेन्द्र महत्तोले गरेका छन भने ठाकुर भेटवार्तामा ब्यस्त छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको सयमसिमा आजै सकिँदैछ ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १५:३६