‘गैर आवासीय नेपाली नागरिकता’ संविधानमा लेखेभन्दा यताउती हुँदैन : सुवास नेम्वाङ

काठमाडौं : संविधानसभाका सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले गैर आवासीय नेपाली नागरिकता संविधानमा लेखेभन्दा यताउती नहुने स्पष्ट पार्नुभएको छ । सविधान निर्माणको क्रममा लामो छलफल, बहसका साथ गैर आवासीय नेपाली नागरिकताका सकारात्मक, नकारात्मक सबै पाटो केलाएर स्पष्ट रुपमा संविधानमा उल्लेख गरिएको स्मरण गराउँदै नेम्वाङले यसको विषयमा भ्रममा नपर्न र संविधानमा लेखेबमोजीम नागरिकता पाउँनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

तत्कालीन संविधानसभामा रहेका ३१ वटा राजनीतिक दलहरुलाई मिलाएर ठूलो कशरताका साथ गैर आवासीय नेपाली नागरिकतालाई संविधानमा लेखाउन सफल भएको बताउँदै नेम्वाङले संविधानलाई टुंगो र निस्कर्षमा पुर्याउन केहि ढिलाई भए पनि प्रक्रियामा केहि समय लागेकाले भ्रममा नपर्न र आशंका नगर्न पनि आग्रह गर्नुभयो ।

No description available.

संविधान लेखनको सिलसिलामा आप्नो अनुभव सुनानुहुँदै नेम्वाङले भन्नुभयो, ‘पहिला गैर आवासीय नेपाली नागरिकता प्रदान गर्छौ भन्दा कसैले प्रत्याएका थिएनन् तर यस मामिलामा सबै राजनीतिक दल एकजुट भएकै कारण यो सम्भव भएको हो । त्यो बेला गैर आवासीय नेपाली नागरिकताको विषयमा छलफल गर्दा तत्कालको लागि राजनैतिक अधिकारबाहेकको सम्पूर्ण अधिकार भए पुग्छ भनेर गैर आवासीय नेपाली अभियन्ता तथा अभियानकर्ताहरुले नै भन्नुभएको कुरा मैले विर्सेको छैन । हामीले त एक कदम अगाडि बढेर राजनैतिक अधिकार दिनेसम्मको छलफल पनि थालेका थियौं । जे होस संविधानमा लेख्न सफल हुनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो, अब यो कार्यान्वयनको चरणमा भएकाले ढिलो भयो भन्दैमा आत्तीनु पर्दैन ।’

नेता नेम्वाङले भारत र चीनले गैर आवासीयले सिकेका ज्ञान, सिपलाई उपयोग गरेर मुलुकको आर्थिक सम्मृद्धि जसरी गर्यो त्यसरी नै नेपालले पनि विदेशमा गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिपलाई स्वदेशमा उपयोग गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता गरिएको बताउनुभयो । उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘अन्यथा आशंका नहोस, गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गरिछाड्छौ ।’

त्यस्तै, नेम्वाङले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी कानुनको लागि कतीपय विषयमा छलफल गर्न आवश्यक भए आफू सधै छलफल गर्न तयार रहेको पनी बताउनुभयो । उहाँले मस्यौदाको विषयमा छलफल गरि अन्तिम टुंगो लगाएपछि त्यो मन्त्रीपरिषदमा लगिने र मन्त्रीपरिषदले पारित गरेपछि मात्र संसदमा दर्ता हुने भएकाले यस विषयमा के कस्तो विषयहरु समावेश गर्नुपर्ने हो ? भनेर छलफल अझै धेरै गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अझ स्पष्ट पार्दै भन्नुभयो, ‘कतीपय विषय हामी दलभन्दा माथि उठेर छलफल गर्नेछौ । धेरै छलफल गरेर निस्कर्षमा पुग्नुपर्छ, पासपोर्ट, तीन पुस्तेलगायतका विभिन्न कुराहरु पनि आइरहेका छन्, यी सबै कुराहरुलाई ध्यान दिएर राम्रो टुंग्गोमा पुगेपछि निस्कर्षमा पुग्न सहयोग पुग्नेछ ।’

No description available.

गैर आवासीय नेपाली संघ यूरोपको क्षेत्रीय सम्मेलनमा आयोजीत गैर आवासीय नेपाली नागरिकता विषयक बहश कार्यक्रममा बोल्नुहुँदै उहाँले यो अभियान शून्यबाट शूरु भएर यो अवस्थासम्म आइपुगेकोले सम्पूर्ण अभियानमा गैर आवासीय नेपालीहरुको सहयोग रहेको पनि बताउनुभयो । साथै उहाँले गैर आवासीय नेपाली नागरिकतालाई संविधानमा उल्लेख गराउनुमा आफूले ठूलो कसरता गरेकाले पनि यो विषयमा गैर आवासीय नेपालीलाई जतीनै आफूलाई चासो र माया रहेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री तथा सांसद डा मिनेन्द्र रिजालले गैर आवासीय नेपाली नागरिकताको विषयमा कांग्रेस स्पष्ट रहेको बताउनुभयो । आफू यो हकमा पार्टीभन्दा एककदम अगाडि बढेर भएर पनि सबैको साझा एजेन्डा बनाएर गैर आवासीय नेपालीका विषयवस्तु ऐनमा समावेश गर्ने र छलफल गर्न तयार रहेको बताउनुभयो । उहाँले नागरिकताको सवालमा अरु देशसँग तुलना गर्न नमिल्ने बताउँदै रिजालले कानुन बनेसँगै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउने र हाललाई मस्यौदाको विषयमा के के राख्ने भन्ने विषय सर्वपक्षीय छलफलबाट टुग्याउन सकिने बताउनुभयो ।

No description available.

गैर आवासीय नेपाली संघ (एनआरएनए ) का संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले १७ वर्षदेखि गैर आवासीय नेपालीको नागरिकताको लागि छलफल जारी रहनु तर कार्यान्वयनमा नआउनु दुखद भएको बताउँदै अब कार्यान्वयनमा विलम्ब गर्न नहुने धारण राख्नुभयो । महत्तोले संविधानले गैर आवासीय नेपाली नागरिकता दिने विषयमा स्पष्ट उल्लेख गरिसकाले अब कानुन बनाउने सवालमा चलाखो हुनुपर्नेमा जोड दिनुभयो ।

No description available.

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली सम्बन्धित कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७६ को ड्राफ्टको विषयमा दशैं तिहारको बीचमा एनआरएनएको प्रतिनिधिमण्डल काठमाडौंमाआएर छलफल गर्दै अन्तिम टुंग्गोमा पुग्ने तयारी भएको जानकारी गराउनुभयो । अध्यक्ष पन्तले मस्यौदाको विषयमा कानुन आयोगसँग लामो छलफल भएको, गैर आवासीय नेपालीहरुको सुझाव पनि प्राप्त भएकाले सबैको सुझावबमोजीम अन्तिम टुंगोमा पुगिने स्पष्ट पार्नुभयो ।

No description available.

अध्यक्ष पन्तले संघले हाललाई राजनैतिक अधिकार बाहेकको आर्थिक, सामाजीक र साास्कृतिक अधिकार स्वीकार्दै प्राप्त अधिकारको सुनिश्चित भएपछि उपयोग गर्दै थप अधिकारको लागि आवाज उठाइने पनि बताउनुभयो ।

गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामाले गैर आवासीय नेपाली नागरिकताको विषयमा कानुन आयोग, नेपालका राजनैतिक दलका नेताहरु, सांसद तथा कानून ब्यवसायीहरुसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले हाल गैर आवासीय नेपाली सम्बन्धित कानूनलाई संशोधन गर्न बनेको विधेयक २०७६ को विधेयकको ड्राफ्टमाथि छलफल भइरहेको बताउँदै आर्थिक, सामाजीक र साँस्कृतिक अधिकार भनेको के हो ? यसको स्पष्ट ब्याख्यासहित ऐनमा आउने भएकाले आफू काठमाडौं बसेरै यस विषयलाई टुंगोमा पुर्याउन लागिपरेको जानकारी गराउनुभयो । साथै उहाँले आगामी हिउँदे अविधेशनले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी ऐन पारित भएर कार्यान्वयनमा आउने विश्वास समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका संरक्षक रामप्रताप थापा, सल्लाहकार कुल आचार्य, कानून ब्यवसायी सुरेन्द्र श्रेष्ठलगायतले वंशजको आधारमा प्राप्त हुने नागरिकता जस्तै गैर आवासीय नेपाली नागरिकता पाउँने ब्यवस्था गरिनुपर्नेमा जोड दिदै अहिले धेरै गैर आवासीय नेपालीहरु ऐन आएपछि कानुनी फन्दामा परिन्छ कि भन्ने डरले नेपालमा रहेको सम्पत्ति बेच्न थालेकोले नागरिकता प्राप्तिपछि नेपालमा लगानीदेखि सम्पत्ति जोडिने कार्य गर्नुपर्नेमा छुटाउने कार्य गरेको भन्दै यस विषयमा पनि ध्यान दिन आवश्यक रहेको सुझाव राख्नुभयो ।

No description available.

कार्यक्रममा गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका फोकल पर्सन सरोज दाहालले हाल गैर आवासीय नेपाली नागरिकता सम्बन्धी भइरहेका कार्यका बारेमा जानकारी गराउनुभएको थियो ।

No description available.

गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदी, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, एनआरएनए आयरल्याण्डबाट आइसिसी सदस्य विनोद कार्कीलगायतले पनि धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बेल्जियमबाट आइसिसी सदस्य सुवास जोशीले गर्नुभएको थियो ।


प्रकाशित | १९ आश्विन २०७७, सोमबार ११:४६