सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन रेमिट्यान्स सम्झौता

काठमाडौं : सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाई एभरेष्ट प्रालिद्धवारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लि.का देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।


प्रकाशित | २२ असार २०७७, सोमबार १४:२५