नेकपा विवाद : केन्द्रीय कमिटी बैठक माग

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद गहिरिँदै गएको छ । विवाद गहिरिँदै गएपछि केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।

केन्द्रीय सदस्यहरूले विवाद मिलाएर सम्भावित पार्टी विभाजनको खतरा टार्न बैठक माग गरेका हुन् । केन्द्रीय कमिटी बैठक बसे विवाद औपचारिक रूपमा त्यहाँ प्रवेश गर्नेछ ।

देशभरिका नेता–कार्यकर्ताबाट पार्टीमा एकता कायम गर्न दबाब सिर्जना भइरहेका बेला केन्द्रीय सदस्यहरूले पनि बैठक माग गर्दै हस्ताक्षर संकलन अभियान थालेका छन् ।

पार्टी दोस्रो तहका ११ जना नेताले घनश्याम भुसाल नेतृत्वमा सम्भावित विभाजन रोक्न पहल थालेसँगै केन्द्रीय सदस्यहरूले पनि बै७क माग गर्दै हसक्षर अभियान सुरू गरेका हुन् । आजको नागरिक दैनिकबाट


प्रकाशित | २२ असार २०७७, सोमबार ०८:१०