ओमिक्रोन त्रास : अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगायो

काठमाडौँ । ओमिक्रोन भाइरसको त्रासका कारण अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो ।

दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको हो ।


प्रकाशित | १५ मंसिर २०७८, बुधबार १२:२८