देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना : सचेत रहन आग्रह

काठमाडौं : आज पनि देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्रहरुले सचेत भएर बस्ने सल्लाह दिनुभएको छ । केहि दिनदेखि मौसममा आएको खराबीले देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरिएको हो ।

मौसमवीद् शान्ति कँडेलका अनुसार बँगालको खाँडीबाट जलवाष्पयुक्त हावा र पश्चिमी वायू निक्कै सकृयपूर्वक नेपाल प्रवेश गरेकाले मौसममा गड्बडी भएको हो। यो क्रम बुधबारदेखि शुक्रबार सम्म रहनेछ । मौसम पूर्वानुमान महाशाखा पनि देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यस्तो छ विभागकाे विज्ञप्ति

जारी मिति : बैशाख ०४ गते (बुधबार) बिहान ६:०० बजे बैशाख ०४ गते (बुधबार): दिउँसोः देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ |

उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ । राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्ययम वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ |उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ०८:५५