एनआरएन अभियानमा सक्रिय कृष्ण तिमल्सिनाको यूरोप संयोजकमा उम्मेदवारी

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय उप-संयोजक कृष्ण तिमल्सिनाले युरोप संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको छ । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा तिमल्सिनाले संयोजक पदमा दावेदारी प्रस्तुत गर्नु भएको हो ।

एनआरएनमा राम्रो छवि बनाउनु भएको तिमल्सिना सालिन ब्यक्तीका रुपमा चिनीनुहुन्छ । मिलनसार र सहयोगी भावका तिमल्सिना सामाजीक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । 

सन् २००७ देखि एनआरएनमा आवद्ध हुँदै एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आउनु भएको तिमल्सिनाले २०१७-०१९ मा एनआरएनए यूकेको सल्लाहकारको भूमीका समेत निर्वाह गरिसक्नु भएको छ ।

सन् (२०११–०१३) यूके कार्यसमिति सदस्य र सन् (२०१३–१५) गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्षको रुपमा काम गर्नु भएको थियो ।

त्यस्तै सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो । सालिन तिमल्सिना बेलायतबासी नेपाली समुदायमाझ लोकप्रिय हुनुहुन्छ ।

 


प्रकाशित | १६ भाद्र २०७८, बुधबार १९:२३