नेपालमा थप २० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ५०७ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो परीक्षणमा थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गर्नुभयो ।

प्रवक्ता देवकोटाका अनुसार बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई कोरोना संक्रमण भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता देवकोटाले शुक्रबार बिहान ३० र दिउसो २० गरी ५० जना संक्रमित थपिएको बताउनुभयो ।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १६:४६