एनआईसी एसिया बैंकको ८ नयाँ शाखा विस्तार

काठमाडौं: एनआईसी एसिया बैंकले ८ नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । बैंकले शाखाको औपचारिक उद्घाटन समेत गरेको छ ।

पोखरा महामनगरपालिका–१०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माबाट, नार्गजुन नगरपालिका–४ सीतापालास्थित सीतापाइला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतबाट उद्घाटन गरिएको हो ।

त्यस्तै, काठमाडौं महानगरपालिका–३१, शंखमूलस्थित शंखमूल शाखाको सोही वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारीबाट, ललितपुर उपमहानगरपालिका–१८ भैंसेपाटीस्थित भैंसेपाटी शाखाको सोही वडाका वडा अध्यक्ष पुरुषोतम खड्काबाट, बिदुर नगरपालिका–१, त्रिशूलीबजार, नुवाकोटस्थित त्रिशूली बजार शाखाको मेयर सन्जु पण्डितबाट, बिदुर नगरपालिका–१०, बेत्रावतीबजार, नुवाकोटस्थित बेत्रावतीबजार शाखाको सोही वडाका वडा अध्यक्ष गणेशकुमार नेपालबाट, धुलिखेल नगरपालिका–४, काभ्रेस्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका–५ पर्सास्थित भिस्वाशाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारबाट उद्घाटन भएको बैंकले जनाएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १०:५१