कोरियन भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुने

काठमाडौँ :  रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

शनिबार अरुको नाममा परीक्षा दिन आएका १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १८:१५