समस्यामा परेका नेपालीलाई सहयोग गर्न जनसम्पर्क समिति अष्ट्रेलियाले बनायो पाँच समिति

सिड्नी : नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले समस्यामा परेका नेपालीलाई सहयोग गर्न  विभिन्न पाँच समिति गठन गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बचाउन, जनचेतना फैलाउदै सहकार्य गर्न ५ समितिको अवधारण ल्याएको हो ।

बिशेष गरी अष्ट्रेलियमा उच्च शिक्षाका लागि आएका बिद्यार्थी, परिवार भेटघाटका लागि आएका अभिभावक, कामको भिषामा आएका नेपालीहरु, अष्ट्रेलिया भर्खरै फर्केर आइशोलेशनमा बस्नु परेका तमाम नेपालीहरुलाई बिबिध समस्याहरु पर्न थालेको भन्दै सहयोगको लागि विभिन्न एनआरएनए लगायतसँग सहकार्य गर्ने भएको हो ।

बिनाशकारी संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन मानवीय प्रयास गर्नु पर्छ भन्ने मान्यताका साथ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीले सबै राज्य समितिका संयोजक, बिभिन्न उपसमितिका संयोजक, स्वास्थ्यकर्मी तथा प्रोफेशनलहरु संग टोली कन्फ्रेन्स बैठकको आयोजना गरी सहयोग र सहकार्यको लागि आह्रवान गर्नुभएको छ ।

यस्तो भयाबह परिस्थितिमा समाजलाई सकेको मद्दत गर्नु पर्छ भन्ने अभिप्रायले संस्थाले कार्यक्रमहरु ल्याएर अघि बढन एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष एबम संस्थाका अधिवेशन निर्बाचन समिति संयोजक गणेश केसीले आग्रह गर्नुभयो ।

२ घण्टा सम्म चलेको सो बैठकमा आईसोलेशनमा बसीरहेका र कोरोना भाईरस कोभिड १९ को परिक्षण गरीसकेको अनुभब सिनियर नर्स एबम एनआरएनए आईसीसी महिला संयोजक भोमा लिम्बूले सुनाउनुभएको थियो ।

संक्रमणको परिक्षण गर्न चाहाँदा आई परेका समस्या र लागिसकेकालाई पनि घरमै आईसोलेशनमा बस्नुपर्ने कारणले परेको समस्याको बारेमा एनआरएनए आईसीसी ओसिनीया महिला संयोजक जानकी पौडेलले जानकारी गराउनुभएको थियो ।

यस्तो जटिल परिस्थितिमा काम गुमाएर आर्थिक समस्यामा परेकाहरु, मानवीय सहयोग समेत नपाएका नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा बैठकमा छलफल भएको थियो ।

नेपाली दूतावास, गैर आवासीय नेपाली संघ लगायतका संस्थाहरुलाई यो अभियानमा थप सहयोग गर्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले प्रभावकारी सहयोग पुर्याउन सकोस भनेर राज्य समिति संयोजकहरु क्रमशः सितल गिरी (एनएसडब्लु), अभिमानसिंह बस्नेत (क्वीन्सलेण्ड), रमेस छतकुली (भिक्टोरीया), दिलिप पोखरेल (साउथ अष्ट्रेलिया), निल थपलिया (वोष्ट्रन अष्ट्रेलिया), सिजन गिरी (एनटि), भागिरथ सापकोटा (क्यानवेरा) र पमोद सापकोटा (ताजमानिया) लाई राज्यस्तरको कार्यसम्पादन समिति निर्माण गरी कार्य गर्न तोकेको छ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमणको बारेमा सबैलाई बताउँदै संक्रमणबाट बच्न आवस्यक सतर्कता अपनाई आईसोलेटेड भएर बस्न संस्थाले आफना सदस्यहरुलाई आग्रह गरेको छ ।

सबै अधिराज्यमा आसोलेशनमा बस्नु परेका र समस्यामा परेर बाहिर निस्कन नसक्नेहरुलाई अति आवश्यक सामाग्रीहरु किनमेल गर्न सहयोग जुटाउने, कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्न पिपिई, सेनिटाईजर एबम माक्सहरु उपलब्ध गराउन पहल गर्ने कार्यमा सहकार्य र सहयोग जुटाउन निर्णय गरेको छ ।  कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बचाउन, जनचेतना फैलाउदै सहकार्य गर्न ५ समितिको अवधारण ल्याएर नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले कार्य थाल्ने भएको छ ।

क) डाक्टर, नर्स र बिज्ञहरुको मेडिकल टिम बनाई आवश्यक सहयोग जुटाउने

ख) बिद्यार्थी एबम अबिभावक सहयोग समिति गठन गरी आवश्यक सहयोग जुटाउने

ग) स्वंयमसेवक एबम फ्रन्टलाईन सपोर्ट समिति गठन गरी आवश्यक सहयोग जुटाउने

घ) पोलेसी एबम समुदाय सहकार्य समिति गठन गरी आवश्यक सहयोग जुटाउने

ङ) फण्ड राईजिङ समिति गठन गरी आवश्यक सहयोग जुटाउने

यो दुःखत परिस्थितिबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन एकअपसमा हातेमालो गर्दै अघि बढौं भन्ने सन्देश दिदै सुरक्षित रहन संस्थाका अध्यक्ष कृष्ण गिरीले बिशेष अनुरोध गर्नुभएको छ । बैठकमा बिज्ञहरु डा. कृष्ण हमाल, डा. डिल्ली बन्जाडे, संस्थाका प्रेम सापकोटा, सुरेश गुरुङ, गोकुल घिमिरे, निरज श्रेष्ठ, नागेन्द्र अधिकारी, राजन ढुङ्गेल लगायतले नीति तथा कार्य योजनाहरु प्रस्तुत गरेका थिए ।


प्रकाशित | १६ चैत्र २०७६, आईतवार १४:२३