कतार र कुवेतबाट आएका दुई जनामा कोरोना आशंका, एयरपोर्टबाट सिधै टेकु पठाईयो

काठमाडौं :  कतार र कुवेतबाट आएका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले तापक्रम परीक्षण गर्दा बढी भएपछि उनीहरुलाई टेकु अस्पताल पठाइएको छ ।

आज विहान हेल्थ डेस्कमा खटिएका एक जना स्वास्थ्यकर्मीले भने, ‘विहान छुट्टा छुट्टै उडानबाट आएका दुई नेपाली पुरुषमा इन्फाइराइड थर्ममिटरले तापक्रम नाप्दा १०० डिग्री भन्दा बढी देखियो । त्यसपछि हामीले दुबैजनालाई टेकु पठाएका छौँ ।’


प्रकाशित | २० फाल्गुन २०७६, मंगलवार २१:१२