देशको जनसंख्याभन्दा धेरै कित्ताकाट

काठमाडौं : देशको जनसंख्याभन्दा धरै जमिनका टुक्रा पारिएका छन्। एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्म तीन करोड ६३ लाख २१ हजार १९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा छ। जब कि देशको जनसंख्या दुई करोड ९० लाख मात्रै छ। गत आर्थिक वर्ष मात्रै जमि खण्डीकरण गरेर सात लाख २५ हजार ९५९ कित्ता थपिएका छन्।

सरकारले दुई लाख २५ हजार ९४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ। विभागको तथ्यांकअनुसार बुटवल (रुपन्देही)को जमिन सबैभन्द्या बढी खण्डीकरण गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। गत आवसम्म बुटवलको जमि ३३ लाख ४५ हजार ३६७ वटा कित्ता विभाजन भइसकेको छ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०७:०५