माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव दलहरुसँग गरेको छ । सबै राजनीतिक दलहरुसँगको छलफलमा आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

साथै आयोगले उक्त छलफलमा निर्वाचनसम्बन्धी प्रस्तावित अन्य कार्यक्रमबारे पनि छलफल गरेको बताइएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । उता प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा अदालतमा सुनुवाई जारी छ ।


प्रकाशित | ४ माघ २०७७, आईतवार २१:३७