चलचित्र ‘लभ स्टेशन’ ले राख्यो रेकर्ड : तीन दिनमा दुई करोड

काठमाडौं : चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमै दुई करोड आम्दानी गर्न सफल भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र देशभरका १ सय ४ पर्दामा चलेको थियो । तीनमा चलचित्र लभ स्टेशनले दुई करोडभन्दा बढी आम्दानी गर्न सफल भएको हो । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ । आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको शाहीले जानकारी गराउनुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १२:१२