एनआरएनए अमेरिकाले जटिल आर्थिक अवस्था भएकालाई ३०० अमेरिकी डलर वरावरको अति आवश्यक सामाग्री सहयोग गर्ने

एनआरएनए एनसिसि युएसएका अध्यक्ष सुनिल कुमार शाहको संयोजकत्वमा  COVID-19 Support Highlevel Committee र स्वास्थ्य सम्बन्धि उचित जानकारी दिन सकियोस भन्ने हेतुले एनआरएनए एनसिसि युएसएका प्रमुख संरक्षक डा. केशब पौडलको संयोजकत्वमा COVID-19 Medical Response Team गठन

न्यूयोर्क (अमेरिका) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले कोरोना महामारीको कारण समस्यामा परेका जटिल आर्थिक अवस्था भएकालाई ३०० अमेरिकी डलर वरावरको अति आवश्यक सामाग्री सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनए अमेरिकाको आपतकालीन कन्फरेन्स बैठकले कोरोना महामारीको सक्रमणबाट प्रवासमा बस्ने नेपाली समुदायले ब्यहोर्नु परेको र निकट भविष्यमा आउन सक्ने दुख कष्टको ऑकलन गर्दै गैर आवसीय नेपाली संघ, अमेरिकाले ल्याउन पर्ने कार्य योजना सम्बन्धमा छलफल गरेको थियो ।

अध्यक्ष सुनील साहका अनुसार बैठकले विगतमा सम्पन्न गरिएका जनचेतना मूलक कार्यक्रमहरूको समीक्षा गर्दै कोरोनाको प्रभावका कारण अत्यन्त जटिल आर्थिक अवस्था भएका अमेरिकावासी गैर आवासीय नेपालीहरूलाई र अमेरिकामा अध्ययनरत विद्यार्थीहरूलाई कोरोनाको विशेष कोष सञ्चालनमा ल्याउने र सो कोष मार्फत महामारीको गाम्भीर्यता र आवश्यकता अनुसार बढिमा अमेरिकी डलर ३०० बराबरको अति आवश्यक सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कोरोना संक्रमणबाट नेपाली समुदायलाई यथासंम्भव सहयोग गर्नका निम्ति एनआरएनए एनसिसि युएसएका अध्यक्ष सुनिल कुमार शाहको संयोजकत्वमा  COVID-19 Support Highlevel Committee गठन गरेको छ । यस कमिटीमा एनसिसि कार्यसमितिका पदाधिकारी, एनसिसि सल्लाहकार, चार वटै क्षेत्रका क्षेत्रिय संयोजक, हेल्प डेस्कका संयोजक, सम्पूर्ण चाप्टरका अध्यक्षहरु र सम्पुर्ण राज्यका फोकल पर्सन रहने छन । बैठकले कोरोना बिशेष कोष संचालनमा ल्याउने समेत निर्णय गरेको छ ।

त्यस्तै, कोरोना बिशेष कोष संचालनमा ल्याउन COVID-19 Support Committee  का सम्पुर्ण सदस्यहरुले आफुहरुले सकेको आर्थिक सहयोग गर्ने निर्णय गर्दै सम्पुर्ण नेपाली समुदायलाई पनि यस दुखद समयमा सक्दो सहयोगका लागी अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली समुदायलाई स्वास्थ्य सम्बन्धि कुनै समस्या वा कोरोना भाइरस सम्बन्धी कुनै सोधपुछ गर्नु परेमा भाषिक समस्या नपरोस र स्वास्थ्य सम्बन्धि उचित जानकारी दिन सकियोस भन्ने हेतुले एनआरएनए एनसिसि युएसएका प्रमुख संरक्षक डा. केशब पौडलको संयोजकत्वमा COVID-19 Medical Response Team गठन गरिएको छ ।

साथै बैठकले सम्बन्धित क्षेत्रबाट निर्वाचित उपाध्यक्षहरुलाई सम्बन्धित क्षेत्रको क्षेत्रीय संयोजक र च्याप्टर अध्यक्ष वा फोकल पर्सन (च्याप्टर गठन नभएका राज्यहरुमा) आबश्यकता अनुसार क्षेत्रीय COVID-19 Regional Support Committee र COVID-19 State Support Committee गठन गर्नको लागि समेत निर्देशन दिएको छ ।

त्यस्तैगरि, कोरोना भाइरसको प्रभावका कारण अप्ठारो परिस्थितिमा परेका आम नेपालीको सहयोगार्थ Amazon Smile मा जम्मा हुन आउने रकम COVID-19  बिशेष कोषमा जम्मा गर्ने निर्णय गर्दै COVID-19 सहयोगार्थ GoFund सञ्चालनमा ल्याएको छ ।


प्रकाशित | १२ चैत्र २०७६, बुधबार १४:११