नेपालमा इन्जिनियरिङ पढाइ एसियाकै अब्बल

काठमाडौं: विद्यालयस्तरीय पढाइ सकिएपछि कलेजको खोजीमा भौतारिने अधिकांश नेपाली विद्यार्थीको चाहना विदेश जाने हुन्छ। परिवारको आर्थिक हैसियतअनुसार विश्वविद्यालय छनोट गर्ने तथा अभिभावकको चाहना पनि आफ्ना छोराछोरीले अब्बल कलेजमै पढून् भन्ने हुन्छ। हरेक वर्षको नयाँ शैक्षिक सत्र सुरु हुँदा कुन कलेजमा पढ्ने, के पढ्ने, कति खर्चने र कसरी व्यवस्थापन मिलाउने भन्ने चटारो विद्यार्थी र अभिभावक दुवैको चिन्ताको विषय पनि हो। तर, इन्जिनियरिङ क्षेत्रमा आफ्नो भविष्य देख्ने विद्यार्थीका लागि नेपालकै पढाइ दक्षिण एसियाकै अब्बल छ भन्ने विषयमा कमैको मात्र ध्यान पुग्ने गरेको छ। यो समाचार अन्नपूर्ण पोष्टमा  छ ।

‘इन्जिनियरिङ अध्ययन गर्न चाहनेविद्यार्थीको निम्ति सैद्धान्तिक ज्ञानदेखि व्यावहारिक अभ्याससम्मको ज्ञान नेपालमै राम्रो छ’, कान्तिपुर इन्टरनेसनल कलेजका निर्देशक प्रतापराज जोशी भन्छन्। उनका अनुसार अभिभावकको बुझाइ बाहिर पढेर आएको अवस्थामा मात्रै राम्रो भन्ने हुन्छ। नेपालमा गरिने अध्ययन र पढाइलाई राम्रोसँग नबुझी बाहिरै मात्र जान खोज्ने विद्यार्थीको जमात निकै ठूलो छ। छिमेकी मुलुक भारत होस् वा जुनसुकै अरू देशमा पुग्न विद्यार्थी लालायित हुने र अभिभावकको सोचाइ पनि बाहिर पढेको मात्रै राम्रो भन्ने छ। यसको तुलनामा नेपालकै इन्जिनियरिङको स्तर धेरै राम्रो भएको जोशीको बताउँछन्।

यहाँ पढ्ने विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि यही हुन्छ। हामीले खोजेजस्तो शिक्षा र सोहीअनुसारको अभ्यास विदेशमा हुँदैन्। त्यसैले बाहिर पढेर आउनेलाई व्यावहारिक अभ्यास कम हुँदा यहाँ आएर के गर्ने के नगर्ने भन्ने समस्या धेरैमा पाइन्छ।

विदेशमा विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकबीचको सम्पर्क समय अर्थात् कलेज आवर जम्मा तीन हजार घण्टामात्रै छ। नेपालमा भने यस्तो कलेज समय ४२ सय घण्टा हुने भएकोले पनि नेपालको पढाइमा विद्यार्थी अब्बल हुने जोशी दाबी गर्छन्।

नेपालमा हाल ६ वटा विश्वविद्यालय मातहत ५१ वटा इन्जिनियरिङ कलेज छन्। यी कलेजमा विभिन्न १४ वटा विधामा पढाइ हन्छ। नेपालमा पढेका विद्यार्थी बाहिर जाने क्रम बढिरहेको भए पनि यही पढ्नेको संख्या पनि निकै राम्रो छ। विद्यार्थीको बुझाइअनुसार कलेज छान्ने चलन यहाँ छैन्। अभिभावकले भनेको ठाउँमा पढ्ने र त्यसैलाई रोज्नुपर्ने बाध्यता विद्यार्थीमा छ। नेपालमा भएको अवसरलाई यही सदुपयोग गरेर उत्कृष्ट ज्ञान लिन सकिने बुझाइ नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० धनप्रसाद पौडेल बताउँछन्।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार ०९:२५