आज वर्षकै लामो दिन

काठमाडौंः आज २१ जुन अर्थात वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ ।

नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ । यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।


प्रकाशित | ६ असार २०७६, शुक्रबार १२:०५