नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २४३ पुग्यो

काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै चिकित्सकहरुको सम्पर्कमा रहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी गराउनुभयो । नेपालमा २४ जना थपिएसँगै कोरोना संक्रमीतको संख्या २४३ पुगेको छ ।

Image may contain: text


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार २०:०९